निशेधाज्ञा लागू गर्न दमकमा उच्च टाेली खटियाे

दमकमा वेलुका ४ देखि विहन ७ बजेसम्म कार्तिक मसान्तसम्म निशेधाज्ञा


१८ कार्तिक २०७७
कोरोना संक्रमण जिल्लामै सवै भन्दा धेरै बढ्न थाले पछि झापाको दमकमा आज देखि अपरान्ह ४ बजे देखि विहान ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा झण्डै २१ प्रतिशत संक्रमण दमकमा मात्र देखा परे पछि आज देखि कार्तिक मसान्तसम्म लागु गर्न कडाईका साथ अनुगमन गर्दै बजार बन्द गराइएको दमक नगरपालिका प्रमुख राेमनाथ अाेलीले बताउनु भयाे । जिल्ला कोभिड विपद व्यवस्थापन समितिको टोली सहित सुरक्षाकर्मी खटेर बजार क्षेत्र बन्द गराउँदै हिडेको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिनाले बताउनु भयो ।
बाइट
झापा जिल्लामा हालसम्म २ हजार २ सय ४३ जना संक्रमित भईसकेका छन् भने दमकमा सवैभन्दा धेरै ४ सय ६९ जना संक्रमण भएक छन् । यस्तै जिल्लामा ५६ जनाको मृत्यु हुँदा दमकका मात्र २१ जना रहेको स्वास्थ्य शाखा सदस्य कुबेर भट्टराईले बताउनु भयो । यता चाडबाढको वेला बजार पुरै खोल्न नपाउँदा आफूहरु भने मारमा परेको केही व्यवसायीले भने गुनासो पोखेका छन् ।

One thought on “निशेधाज्ञा लागू गर्न दमकमा उच्च टाेली खटियाे

  1. कृपया अडियन्स ज्यूहरू समाचार र अनलाइन पत्रिकाकाे विषयमा तपाइहरूकाे अमुल्य सुझाब दिनु भए हामी अझै मेहेनेतका साथ अन्य सामाग्री लिएर अाउने छाैं । कृपया सुझाव दिनु हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे समय संक्रमित भन्दा निकाे हुने बढ्दै
Next post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै हालसम्म ढेड लाख हाराहारीले जिते काेराेना