Read Time:1 Minute, 4 Second
१० भदौ २०७८, काठमाडौं– आगामी तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएकाे छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले ३ दिनसम्म भारी वर्षा हुने विभागको अनुमान रहेकाे छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने विज्ञप्तीमा उल्लेख्य गरेकाे छ ।

