११ भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ६५ कोरोना संक्रमित थपिएका छन् । देशभर १३ हजार १ सय १७ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ६५ जना संक्रमित भएका हुन् । २४ घण्टामा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।
