८ दिने पत्रकारिता तालिम शुरु


११ अशोज २०७८
दमक क्षेत्रका युवालाई लक्षित गरी दमक खबर मिडिया प्रा.लि.को आयोजनामा एक हप्ते पत्रकारिता तालिम शुरु गरिएको छ । दमक नगरपालिका र हल्दिबारी गाउँपालिको सहयोगमा मिडिया हाउसको आयोजनामा दमकमा तालिम शुरु भएको छ ।
तालिमलाई पत्रकारिता क्षेत्रमा लामो समय काम गर्दै आउनु भएका पत्रकारिता विषयका प्राध्यापक समेत रहनु भएका पत्रकार डिकेश लामाले सहजीकरण गर्नु भएको छ । तालिममा पत्रकारिता क्षेत्रमा काम गर्दै आएका र नव प्रवेशी हरु समेत गरी १५ जनाको सहभागिता रहेको छ । तालिममा अन्य रेडियो तथा टेलिभिजनमा काम गर्ने दक्ष पत्रकारले तालिम दिइने आयोजक दमक खबरका अध्यक्ष अविन लिम्बुले बताउनु भयो । पहिलाे र दाेस्राे दिनकाे तालिमले पत्रकारिता गर्न अाधारभूत ज्ञान तथा शीप प्रदान गरेकाे सहभागी चन्द्र राइले बताउनु भयाे ।


एक अाैपचारिक कार्याक्रमबीच उद्घाटन गर्दै यस्ता तालिमले पत्रकारिता क्षेत्रमा सही समाचार पहिचान र लेखनमा टेवा पुग्ने उद्घाटन कार्याक्रमका प्रमुख अतिथि दमक वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङ्गले बताउनु भयो । तालिम आगामी १८ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुघर्टनामा चालकको मृत्यु हुँदा ३ घण्टा सडक अवरुद्ध
Next post नेपालमा आज ११५८ संक्रमित, १३१८ निकाेः १२ जनाकाे मृत्यु