दुघर्टनामा चालकको मृत्यु हुँदा ३ घण्टा सडक अवरुद्ध
११ असोज २०७८, सारासन्देश समाचार
गलत स्थानमा जाँच चेक गर्दा दुघर्टना भएको भन्दै अवरुद्ध गरेको सडक झण्डै ३ घण्टाको बन्द पछि खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारमा आज ट्राफिक जाँचको क्रममा पछाडिबाट टिपरले बलेरो गाडीमा ठक्कर दिँदा चालकको मृत्यु भए पछि सडक अवरुद्ध गरिएको थियो ।
आज बिहान साढे ८ बजे तिर को २ च २६३२ नम्बरको बलेरो गाडीलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गर्दा ट्राफिकले जाँच गर्ने क्रममा गाडी रोक्नेक्रममा पछाडी देखि टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको छ ।
प्रदेश ०३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो भने चालक खड्काको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घटनाको विषयलाई लिएर ट्राफिक प्रहरीलाई कार्वाही गर्न माग गर्दै सडकमा टायर बाली स्थानीयले झण्डै ३ घण्टा यातायत अवरुद्ध गरेको प्रहरीले जानकारी दिएका छन् । सडकमा जाँच गर्दा बोर्ड राख्ने, प्रहरीले नियन्त्रणमा लिएको घटनाको दोषीलाई कार्वाही गर्ने र क्षतिपुर्ती गर्ने जस्ता सहमति पछि मध्यान्ह पछि सडक संचालनमा आएको थियो । सडकमा जहिँ पायाे त्यहीँ ट्राफिकले विना बाेर्ड राखेर जाँच गर्दा दुर्घटना हुने गरेकाे त्यस्ता कार्य तत्काल राेक्न सडक अवराेधमा उत्रिएका स्थानीयले माग गरेका छन् ।