0 0
Read Time:2 Minute, 30 Second

१४ असाेज २०७८, दमक (सारासन्देश समाचार)– नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्र्दे त्यसको सत्य तथ्य छानवीन गरि दोषी उपर कानुनी कारवाही गर्न माग गरेको छ ।

देशकै नमुना विद्यालयको रुपमा तिनै तहका सरकारबाट ठूलो मात्रामा अनुदान पाउदै आएको उक्त विद्यालयमा भएको आर्थिक हिनामिनाको घटनामा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता भएको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पार्टीका नगर सचिव तीर्थराज बस्नेत (शंकर ) र इन्चार्ज वेदु गौतमले हस्ताक्षर गरेकाे विज्ञप्तिमा शिक्षा जस्तो संवेदनशिल विषयमा ठूलो आर्थिक हिनामिना र दुरुपयोग हुँदा स्थानीय दमक नगरपालिका र शिक्षा हेर्ने जिम्मा पाएको शिक्षा समिती मौन रहनु  खेदजनक रहेकाे बताइएकाे छ । यस परिस्थितिमा अभिभावक सहितको विद्यालय व्यवस्थापन समितिको अभावमा यी सबै हिनामिना, दुरुपयोग, अनियमितता भईरहेको हुँदा हाल रहेको कथित विद्यालय व्यवस्थापन समिति खारेज गरि कानुन अनुसारको विद्यालय व्यवस्थापन समिति निर्माण गर्न विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ ।  देशकै नमूना विद्यालयमा ३ हजार भन्दा धेरै विधार्थीहरूले अध्ययन गर्दै आइरहेका र माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनु पर्नेमा विद्यार्थीहरूबाट मोटो रकम असुल गर्दै आइरहेकाले त्यस्ता कार्य समेत रोक गर्न माग गरिएकाे छ ।  यस्तै पार्टीले हिमाविमा भएको आर्थिक भ्रष्टचार छानवीन गर्न विषयगत विज्ञसहित नागरिक स्तरको छानविन समिति बनाउन पनि माग गरिएको छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *