नेपालमा आज १०७८ संक्रमित, ९११ निकाेः १२ जनाकाे मृत्यु

१४ असाेज २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५सय ५५ पीसीआर परीक्षणमा बिहीबार थप ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ७८ परीक्षणबाट १८० जनामा पोजिटिभ देखिएको छ ।  यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ६१ पुगेको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ७६५ परीक्षणमा १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ । हालसम्म देशभर ४२ लाख ५ हजार ३८२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार १६८ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जंगली हात्तीले लियो महिलाको ज्यान
Next post हिमाविकाे हिनामिना छानविन गर्न माग