Read Time:1 Minute, 3 Second

१० मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा ३ हजार १ सय ४० जना डिस्चार्ज भएका छन् । यसैगरी कोरोना भाइरसबाट थप १ हजार ९ सय ४८ जना संक्रमित भएका छन् ।
गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दिनहुँ निकाे हुने संख्या बढ्न थाले पछि नेपालमा किनो हुनेको दर ९२ प्रतिशत पुगेकाे छ । केही साता अघिसम्म याे दर ८० प्रतिशत मात्र थियाे ।
पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ जना रहेको छ ।
