बैतडीकाे बिकट बाटाेमा दुर्घटना हुँदा एकै दिन ५ र ९ जनाकाे मृत्यु

९ मंसीर २०७७,बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा  परी ४ जना घाइते भएका भइ जिल्ला अस्पताल लगिएकाे छ ।

आज दिउँसाे करिब २ बजेतिर जिप दुर्घटनामा परेकाे हाे । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा जिल्ला प्रहरी कार्यालय वैतडीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यस्तै पहाडी क्षेत्रकाे अप्ठ्याराे सडकमा १२ दिन अघि मात्र कार्तिक २८ गते बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियाे । ४३ जना यात्रु बाेकेकाे बस जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे दुर्घटनामा परेको थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २७९१ निकाे १७९० संक्रमित, थप २४ जनाको मृत्यु
Next post ३१४० निकाे १९४८ संक्रमित, निकाे हुने दर ९२ प्रतिशत पुग्याे