0 0
Read Time:1 Minute, 19 Second

१४ मंसीर २०७७, नुवाकोट- नुवाकोटको दाहालडाँडामा उडिरहेको हेलिकप्टरमा चिल ठोक्किंदा दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरलाई आकस्मिकरुपमा सुरक्षित अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जोगिएको हो ।

वागलुङवाट काठमाडौका लागि पाँच यात्रु लिएर हिंडेको कैलाश एयरको नाइन एन ए जे जे कलसाइन रहेको हेलकप्टर आकाशमा चरासँग ठोक्किएपछि चालकले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालक दीपक गर्वुजाले उडाइरहेको सो हेलिकप्टरमा चिल ठोक्किएपछि अगाडिको भागमा क्षति पुगेको छ । एक जना यात्रु वागलुङको गलकोट नपा–३ का २९ वर्षिय वीरजंग भण्डारी सामान्य घाइते भएका छन् ।

घाइते यात्रु भण्डारीको हात र खुट्टामा चोट लागेको छ । स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए भने हेलिकप्टर घटनास्थलमै रहेको छ ।

Photo and news taken from nepaltvonline.com 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *