
आज १४०४ निकाे, १२५५ संक्रमित थपिए
१४ मंसीर २०७७, काठमाडौं- नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ४ सय ४ जना सङ्क्रमित निको भएका छन् । यस्तै आज थप १ हजार २ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै देशभरका प्रयोगशालामा ९ हजार ३ सय ६८ जनाको पीसीआर परीक्षणमा १ हजार २ सय ५५ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म २ लाख १२ हजार २ सय ५९ जना सङ्क्रमित निको भइसकेका छन् ।
यसैगरी मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट १ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...