0 0
Read Time:3 Minute, 0 Second

तेस्राे मुलुक पुनर्वास भएका भूटानीले सहयाेग गर्ने
१५ मंसीर २०७७,  झापा
शरणार्थी शिविरमा विधालयहरु बन्द गरे पछि पठनपाठनमा पढ्न समस्या भोग्दै आएका बालबालिकालाई अव देखि शिविर भित्रै पठाउने कार्यको थालनी भएको छ । झापाको भूटानी शरणार्थी शिविरमा बालबालिकालाई पठनपाठन गर्न आज दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले पूर्व बाल विकास केन्द्र उद्घाटन गर्नु भएको छ । उद्घाटन गर्दै उपप्रमुख अधिकारीले बाल विकासमा शरणाार्थी र स्थानीय क्षेत्रका सवै बालबालिका लागि केन्द्रले सहयाेग पुग्ने बताउनु भयाे । उहाँले स्वास्थ्य र शिक्षाबाट काेही पनि बिञ्चित हुनु नपर्ने गरी सरकारले काम गरिरहेकाे समेत बताउनु भयाे ।

झण्डै ३ दशक देखि बसोबास गर्दै आएका भूटानी शरणार्थीलाई १ बर्ष अघि दातृ निकायले विधालय बन्द गरे पछि शरणार्थी बालबालिका समूदायमा रहेका विधालयमा गएर पढ्न समस्या भोग्दै आएका थिए । तर स्थानीय भूटानी शराणार्थी अगुवाहरुको पहलमा दमक नगरपालिकाले सहयोग गरे पछि बाल विधालय संचालनमा ल्याइएको छ । यसका लागि दातृ निकाय यूएनएचसीआर र क्यारिटस नेपालले ११ लाख मुल्य बराबरको खेल सामाग्री सहयोग गरेका छन् । कार्यक्रममा दमक नगर पालिका वडा नं. ३ का अध्यक्ष नविन बराल, हंसेदुम्से सामुदायिक बनका अध्यक्ष हिमालयप्रसाद दाहाल, शिविर सुपरिवेक्षक सुरेन्द्र दाहाल, शिक्षक लगायतले शिविरमा विधालय संचालनमा सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।
यस्तै विधालयमा अध्ययन गराउँन २ जना शिक्षक स्थानीय तहले व्यवास्थापन गरेको छ । यस बाहेक अन्य ११ जना शिक्षकलाई तेस्रो मुलुकमा रहेका भूटानीहरुले ग्लोबल भूटनीज अर्गानाइजेशन मार्फत सहयोगको तयारी थालिएको शिविर सचीव कृष्णबहादुर सुब्बाले बताउनु भयो । पछिल्लो समय विधालय बन्द गर्दा शरणार्थी शिविर वेलडाँगीमा ८ सय हाराहारीमा विधार्थी रहेका छन् । त्यसमध्ये बालबालिका मात्र २ सय भन्दा धेरै रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *