Read Time:44 Second

१८ पाैष २०७७, काठमाडौं- नेपाल काेराेना भाइरस संक्रमितकाे संख्या दैनिक घट्नेक्रममा रहेकाे छ । पछिल्लाे २४ घण्टामा ४ सय १९ जना नयाँ संक्रमित थपिएको र ७ सय ५० जना संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरसका कारण आज नेपालमा ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब मृतक संख्या १ हजार ८ सय ७० पुगेको छ ।
हाल ५ हजार ७ सय ११ जना आइसोलेसनमा र ३ सय ६७ जना क्वारेन्टिनमा रहेको जनाइएको छ ।
