अव काँग्रेशले संसद विगठनकाे बिराेधमा कडा आन्दाेलन गर्ने घाेषणा

१९ पाैष २०७७, काठमाडौँ — चौतर्फी दबाब सृजना भए पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद् विघटनको विरोध गर्ने भएकाे छ ।  आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम घाेषणा गरिएकाे छ । । केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएकाे छ । त्यसैगरी माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन् । बैठकमा उनले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताउनु भएकाे छ । सिटाैला पनि तत्काल विरोधका कार्यक्रम घोषणा गर्नुपर्ने दबाव नेतृत्वलाई दिँदै आउनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेना संक्रमित घट्दाे
Next post नेपालमा आज ६३७ डिस्चार्ज, ४२१ संक्रमित