विश्व शरणार्थी दिवश मनाइयो (फाेटाे फिचर सहित)

६ असार २०७९/फाेटाेः गणेश गुरूङ(वेलडाँगी)
विश्व शरणार्थी दिवशको अवसरमा आज झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा विभिन्न कार्याक्रम गरिएको छ । जोसुकै, जहाँसुकै, जहिलेसुकै भए पनि हरेकले सुरक्षा खोज्ने अधिकार हुन्छ भन्ने विश्व नारालाई समर्थन गर्दै पूर्वी नेपालमा ३ दशक देखि बस्दै आएका शरणार्थीहरुले २२ औं विश्व शरणार्थी दिवश मनाइएको हो ।
शरणार्थी दिवशको अवसरमा शिविरमा रहेका जेष्ठ नागरिक र समाजका लागि याेगदान दिनेलाई सम्मान समेत गरिएको छ । शिविर व्यवस्थापन समितिको आयोजना तथा दातृ निकायको सहयोगमा भएको कार्याक्रममा गीत, नृत्य र शरणार्थी सम्बन्धी नाटक प्रस्तुत गरिएको छ । शिविरका निमित्त सचीव टेकबहादुर राईको सभापतित्वमा भएको कार्याक्रममा नेपालमा लामो समय देखि बसोवास गर्दै आएका शरणार्थीको समस्या दिर्घकालिन रुपमा समाधान गर्न शरणार्थीले माग समेत गरेका छन् ।
यस्तै भूटान स्वतन्त्र जनमञ्चले प्रधानमन्त्रीको कार्यालयमा इमेल मार्फत शरणार्थी समस्या समाधानमा गम्भीर रुपमा चासो दिन पत्र पठाएको छ । मञ्चका महासचीव धनविर सुव्बाले हस्ताक्षर गरेको पत्रमा शरणार्थी समस्या समाधान नभएसम्म गाँस, बाँस र कपासको सुनिश्चितता गराउन नेपाल सरकार समक्ष माग समेत गरेको छ । पछिल्लो समय शरणार्थी दातृ निकायले राहत कटौती गरे पछि झण्डै  साढे ६ हजार हाराहारी शरणार्थीहरु समस्या परेको शरणार्थी अगुवाहरुले बताउँदै अाएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डा. राईको अन्तेष्टीः भूटानीको खम्बा ढल्यो (कसरी भयाे दाहसंस्कार फाेटाे/भिडियो कथा सहित)
Next post पाथिभरा शिक्षालयबाट १७९ सशस्त्र प्रहरी दिक्षित (फाेटाे फिचर सहित)