डा. राईको अन्तेष्टीः भूटानीको खम्बा ढल्यो (कसरी भयाे दाहसंस्कार फाेटाे/भिडियो कथा सहित)

५ असार २०७९/डिकेश लामा
विगत ३ दशक देखि भूटानी शरणार्थीको सेवामा खटिदैं आउनु भएका डा. भम्पा राईको आज अन्तेष्टी गरिएको छ । झापाको कमल रहेको आदिवासी जनजाति समाधि स्थलमा उहाँको दाहसंस्कार गरिएको हो । उहाँको गत राती साढे १ बजे तिर विराटनगर अस्पतालमा मृत्यु भएको लामो समय देखि उहाँको उपचारमा सहयोग गर्दै आउनु भएका डा. वेदनीधि खतिवडा बताउनु भयो ।
भूटानमा रहँदा राज परिवारको निजी डाक्टरको रुपमा कार्यरत राई नेपाली भाषी भूटानीलाई लखेटिएसँगै आफू पनि परिवार सहित नेपाल आउनु भएको थियो । सन् १९९० मा नेपाल प्रवेश गर्नु भएका डा. राईले शरणार्थी र स्थानीय समूदायका बासिन्दाको निशुल्क परिक्षण गर्दै आउनु भएको थियो ।

उहाँले भूटानी सरकारले लखेटेका झण्डै १ लाख धेरै भूटानीलाई स्वदेश फर्काउन आन्दोलन समेत गर्दै आउनु भएको थियो ।
भूटानी शरणार्थी स्वदेश फिर्ती समिति बीट्रीपल आरसी नामक संस्थाको अध्यक्ष रही शरणार्थीको हक अधिकारी प्राप्तीका लागि नेतृत्व गर्दै आउनु भएको थियो । उहाँको पार्थिव शरीरमा उहाँ आफैले ल्याएको भूटानको माटो चिहानमा लगाएर किराती सँस्कार अनुसार दाहसंस्कार गरिएको पूर्व शिविर सचीव यूवा पुस्ताका अगुवा फेन्स क्लव भूटानका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो ।


डा. राईले १५ दिन अघि नै आफैले पैसा दिएर समाधी स्थलमा राख्ने प्लाई र सिसाको बाकस बनाउन लगाउनु भएको थियो । म अव संसार छाडेर जाँदैछु भन्ने कुरा उहाँलाई २ साता अघि नै थाह भइसकेको उहाँले काम गर्ने क्लिनिकका संचालक इन्द्र कुँवरले बताउनु भएको छ ।
भूटानी समाजका अर्का अग्रज नेतृत्व टेकनाथ रिजालको ठम्याई छ । डा. राईको निधनले भूटानीलाई दुःखी मात्र नभई एउटा दरिलो सहारा सँधैका लागि अन्त्य भएको र उहाँको देन कसैले विर्सन नसक्ने नेता रिजालले बताउनु भयो ।
निसन्तान राईको आमा विष्णुमाया, बुवा आइतराज र श्रीमति उर्मिला राई (प्रधान) को पनि प्रवासमै देहवासन भएको छ । स्वदेश फिर्तीका लागि मरिहत्ते गर्ने डा. राईले भूटानी शरणार्थीको विषयलाई विश्व सामु देखाउन र भूटानलाई स्वदेश फर्काउन दबाव दिने उदेश्यले २ बर्ष अघि छेङेन मेतो नामक संस्थाका संस्थापक अध्यक्ष बनी शरणार्थीको इतिहास समेटेर पुस्तक समेत निकाल्ने तयारी थालिएको छ । जुन कार्य यसै बर्ष भित्र पुरा हुने संस्थाका महासचीव तथा भूटानका पूर्व रोयल भूटान आर्मी क्याप्टेन तथा इन्जिनियर एनवी गिरीले जानकारी दिनु भएको छ ।
राईको निधनले ठूलो क्षति भए पनि उहाँले थालनी गरेको मुद्धालाई सफल बनाउन सबैले सहयोग गर्नु पर्ने अष्टे«लियाको भिक्टोरिया मेलवर्नमा बस्दै आउनु भएका डिएस काफ्लेले बताउनु भयो ।
नेपाली भाषी भूटानीका लागि साढे ३ दशक देखि अनवरत स्वास्थ्य सेवा देखि स्वदेश फिर्ती र मानव अधिकार प्राप्तीमा लाग्नु भएका राईको आत्माको चिरशान्तिका लागि हार्दिक श्रदान्जली व्यक्त गर्दछौं ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानी अभिभावक डा.भम्पा राईको निधन
Next post विश्व शरणार्थी दिवश मनाइयो (फाेटाे फिचर सहित)