पाथिभरा शिक्षालयबाट १७९ सशस्त्र प्रहरी दिक्षित (फाेटाे फिचर सहित)

६ असार २०७९/डिकेश लामा
प्रदेश नम्बर एकको झापामा रहेको शसस्त्र प्रहरी वल पाथीभरा जवान तालिम शिक्षालयबाट आज १ सय ७९ जना शसस्त्र प्रहरी जवान दिक्षित भएका छन् । गत बर्ष साउन १ गते देखि थालिएको तालिमबाट प्रदेश नम्बर एकबाट विभिन्न जिल्लाका २३४ सिंं.सं ग र घ नम्बरबाट दिक्षित गरिएको हो । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको शिक्षालयमा भएको औपचारिक दिक्षान्त समारोहमा कार्याक्रमका प्रमुख अतिथि प्रदेश नम्बर एकका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले नयाँ जवानहरुलाई देशका लागि जस्तो सुकै परिस्थितिमा लड्न निर्देशन दिनु भएको छ ।


कार्याक्रममा सिं सं २३४ ग का खम्बसिंह बम्जन, आशिष तामाङ र प्रनित शिवाकोटी प्रथम दितीय र तृतिय भएका छन् । यस्तै घ बाट आदेश के.सी. , मोहित प्रभात राई, आशिष थापा मगर प्रथम, दितीय र तृतीय भएका छन् । उनीहरुलाई पदकबाट बाहिनीपतिले सम्मान गर्नु भएको छ ।
कार्याक्रममा दिक्षित शसस्त्र प्रहरी जवानलाई आफ्ना आफन्तले फुलमालाले सम्मान समेत गरेका छन् । तालिम सि.सं. ग मा सप्रनाउ प्रमुख प्रशिक्षक लाेकन्द्र सुवेदी सहित २४ जना विभिन्न विधाका प्रशिक्षक रहेका छन् । यस्तै घबाट सप्रनाउ प्रमुख प्रशिक्षक एकराज बुर्लाकाेटी सहित २४ जना प्रशिक्षक रहेकाे शिक्षालयले जानकारी दिएकाे छ । शिक्षालयबाट हरेक बर्ष नयाँ प्रहरी जवानको जन शक्ति तयार गर्ने गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विश्व शरणार्थी दिवश मनाइयो (फाेटाे फिचर सहित)
Next post Мостбет: бонусы на первый депозит и лучшие ставки на спор