0 0
Read Time:1 Minute, 38 Second

१४ साउन २०७९/सारा सन्देश समाचार
लागु औषध खैरो हिरोइन लुकाएर राखेको गाडी सहित शनिवार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शनिवार जानकारी दिँदै निजी गाडी प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई शंका लागि जाँच चेक गर्नेक्रममा २ ग्राम ८ सय मिलि ग्राम खैरो हिराइन जस्तो देखिने लिसैलो पदार्थ सहित दुई युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नं. ६ का ३० बर्षीय पुरन राई र सप्तरी जिल्ला बोदेबसाइन नगरपालिका वडा नं. घर भई हाल विर्तामोड १ मा डेरा गरी बस्दै आएका ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।
एक दिन अघि मात्रै पनि ७ ग्राम खैरो हिरोइन सहित भारतको पूर्वी सिक्किम राज्यका २ जना प्रक्राउ परेका छन् । गएको आर्थिक बर्षमा लागु औषध सम्बन्धी जिल्ला अदालत झापामा २ सय वटा मुद्धा परेका छन् भने ३ सय ७ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *