Read Time:53 Second
२५ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय १४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ पुगेकाे छ । यसैगरी आज ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७७ जना पुगेकाे छ ।
