बन दिवशमा बृक्षारोपणसँगै बनसम्बन्धीकाे डकुमेन्ट्री सार्वजनिक (फाेटाे फिचर)

-२५ साउन २०७९/डिकेश लामा
झापाका ५९ वटा सामुदायिक बनले आज सामुहिकरुपमा सातौं बन दिवश मनाएका छन् । दिवशको अवसरमा झापाको कन्काई नगरपालिकामा रहेको जामनुखाडी सामुदायिकको परिसरमा बन विकास, संरक्षण र सम्बर्धनका लागि विभिन्न कार्यक्रम गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ झापाको आयोजनामा भएको कार्याक्रममा बन परिसरमा फलफुलका बोट विरुवा रोपिएका छन् । यस्तै बन महासंघको समन्वयमा बन संरक्षणमा उपभोक्ताको दायित्वको विषय निर्माण गरिएको हाम्रो जंगल नामको डकुमेन्ट्री समेत सार्वजनिक गरिएको छ ।
विजय केरुङ्गको निर्देशनमा मुख्य भूमिकामा झापाली कलाकार राखेर निर्माण गरिएको डकुमन्ेट्रीले बन विनाशको असर, संरक्षण र परावरणको महत्वबारे डकुमेन्ट्री निर्माण गरिएको निर्देशक केरुङ्गले बताउनु भयो । डकुमेन्ट्रीमा अभिनय गरेका कलालार देखि बन उपभोक्ता महासंघका केन्द्रिय पदाधिकारीको उपस्थिति रहेको कार्यक्रममा बन संरक्षण र विकासमा सवैले सही भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइएको छ ।


ठूलो पर्दाको चलचित्र निर्देशक केरुङले कथा तथा निर्देशन गरेको उक्त डकुमेन्ट्री चलचित्र सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा छायांकन गरिएको छ । मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझीदाई, आमाको काख, हामी शरणार्थी चलचित्र रहेका छन् ।
सामुदायिक वनमा आधारित चलचित्र वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उहाँले बताउनु भयाे । ‘सामुदायिक वनहरु यहाँसम्म आइपुग्न उपभोक्ताको ठूलो हात छ,’ उहाँले भन्नु भयाे, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु । जहाँ झापामा लामाे समय देखि मानव र हात्तीबीचकाे दन्द्वलाइ कम गर्न के के गर्ने भन्न विषयलाइ समेत समेटिएकाे छ ।’


चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभास मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईं छन् । त्यस्तै, कृष्ण कोइराला, विक्रम श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ । निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूह मार्फत उपभोक्तालाई देखाइनेछ । यस्तै बन दिवशको अवसरमा जिल्लामा भएका बन सम्बन्धीका चुनौतीबारे समेत अन्तकृया गरिएको जामुनखाडी सामुदायिक बनका अध्यक्ष खेमराज सिटौलाले बताउनु भयो ।  महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य संगीता थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८६८संक्रमितः ३ जनाकाे मृत्यु
Next post नेपालमा आज ५ जनाकाे मृत्युः ८१५ जना नयाँ संक्रमित