अाेली सरकारले फेरेकाे आदिवासी तथा जनजातीकाे नामका याेजनालाई पुरानै नाममा प्राथमिकता दिइने

२४ साउन २०७९, सारासन्देश समाचार– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी अाेली सरकारले आदिवासी तथा जनजातीकाे नाम माथि गरेकाे खेलबाडलाइ उल्टाइने भएकाे छ  ।  २८ औं विश्व अदिवासी दिवसको अवसरमा आदिवासी जनजाती महासंघ दमक नगर समितिले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नगर प्रमुख थापाले आफु आदिवासी जनजातीको पहिचान र आस्तित्वलाई स्थापित गर्न लागि पर्ने बताउनु भयाे  । उहाँले दमकमा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै समयको फाल्गुनन्द गृह नामांकरणको लागी आफुले पहल गर्ने बताउनु भयाे । नगर प्रमुख थापाले सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृहनै कायम गर्ने गरी नगर कार्यपालीका बैठकमा प्रस्ताव लैजानै जानकारी गराउनु भएको हो ।
कार्यक्रमका वक्ताहरुले दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालय, कमलको आदिवासी रंगशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाउँमा आदिवासीको पहिचान मेटाउने काम गरेको गुनासो गरेपछि नगर प्रमुख थापाले आफुहरु सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृहनै कायम गराउने प्रतिबद्धता जनाउनु भएको हो ।


आदिवासी जनजाती महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातीहरूले पहिचान र सँस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरेका छन् । दमक ८ स्थित कस्मिक पार्टि प्यालेसमा औपचारी कार्यक्रम गर्नु अघि आदिवासी जनजातीहरुको झाँकी सहित दमक नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराई, आदिवासी जनजाती नेताहरु नित्यानन्द ताजपुरीया, मोहन धिमाल लगायतले  आदिवासी जनजातीकाे हक हितमा तीनै तहका सरकारले जाेड दिनु पर्ने बताएका छन् ।

यस्तै काठमाण्डाैंमा भएकाे बृहत कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातीकाे शीप र सँस्कृति यूवा पुस्तामा हस्तान्तरण गर्नु पर्ने बताउनु भयाे । उहाँले अाइएलअाे १६९ काे अवधारणालाइ सम्मान गर्दै आदिवासी जनजातीकाे विकासमा अाफू सँधै लागि पर्ने समेत बताउनु भएकाे छ ।

२८ औं विश्व अदिवासी दिवसको अवसरमा अाज नेपालका विभिन्न जिल्लाहरूमा भव्यरूपमा कार्यक्रमहरू भएकाे छन् । संघीयता अाएसँगै केही स्थानीय तहरले सार्वजनिक विदा दिएर कार्यक्रम समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एकै दिन १ हजार बढी संक्रमितः २ जनाकाे मृत्यु
Next post नेपालमा आज ८६८संक्रमितः ३ जनाकाे मृत्यु