झापामा पाँचवटै निर्वाचन क्षेत्रको परिणाम : तीनमा एमाले, एक/एक कांग्रेस र राप्रपा
८ मंसीर २०७९/डिकेश लामा
प्रतिनिधिसभातर्फ झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अन्तिम मत परिणाम आएको छ । जसअन्तर्गत झापामा एमालेले तीन, कांग्रेसले एक र राप्रपाले एक स्थानमा जित निकालेको छ ।
जसअन्तर्गत झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शार्मा, झापा–२ मा एमालेका देवराज घिमिरे, झापा–३ मा झापा–४ मा एमालेका एलपी साँवा र झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।
प्रदेशसभातर्फ अब झापा–४(१) र ४ (२) को नतिजा आउन बाँकी छ । आएको परिणममध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक प्रदेशसभा क्षेत्रमा राप्रपा विजयी भएको छ । झापा १ (१) कांग्रेसका गोपाल तामाङ, झापा १ (२) राप्रपाकी सविना बजगाईं, झापा–२ (१) मा एमालेका एकराज कार्की, झापा–२ (२) एमालेका तिलचन पाठक, झापा–३ (१) मा कांग्रेसका भूमि राजवंशी, झापा–३ (२) मा एमालेका छविलाल चुडाल विजयी भएका छन् । झापा–४ का दुईवटै प्रदेशसभाको अतिम मत परिणाम आएको छैन । झापा–५ (१) मा एमालेका हिकमतकुमार कार्की र झापा (२) एमालेका होमबहादुर थापा विजयी भएका छन् ।