भिडियाे बाेल्दा बाेल्दै आगलागीमा परेर झापा बिर्तामोडका एक युवाकाे क्याबाेडियामा मृत्यु

१५ पुस २०७९, सारासन्देश समाचार– कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएकाे छ । क्यासिनियाेेमा अागलागी हुँदा हुँदै भिडियाे लाइभमा छाेरासँग गरिएकाे कुराकानीले अाफन्तलाइ मर्माहत बनाएकाे छ । पाण्डेकाे मृत्युले  बिर्तामोड शोकमा डुबेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो । जब बहुतले क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे । उहाँले घरमा भाइबरमा भिडियो कल गर्नु भयाे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाउनु भयाे । आफू रहेको कोठाबाट हाम फाल्न बाहेका अर्को विकल्प नभएको उनलाई परिवारका सदस्यलाई सुनाउनु भएकाे थियाे ।
तर, घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उनले आफ्नो करिब ९ वर्षको छोरालाई सम्झाउनु भयाे ।
‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा, लीला मामुलाई माया गर्नु ।’ उहाँले भिडियो कलमा छोरालाई सम्झाउँदै भन्नु भयाे । उहाँकाे भिडियाे कल पछिल्लाे समय भाइरल बन्दै गएकाे छ । मृतक पाण्डेकाे लाश नेपाल ल्याउने तयारी गरिएकाे थालिएकाे छ । अागलागीमा परेर २७ जनाकाे ज्यान गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भन्सार छलेर अवैध रूपमा भित्राइएका मोबाइल राेक्ने कार्य तत्काल नराेक्न प्रम दाहालकाे निर्देशन
Next post गाडी भित्रै माटो परिक्षणको घुम्ती प्रयोगशालाले सहज (फाेटाे फिचर)