भन्सार छलेर अवैध रूपमा भित्राइएका मोबाइल राेक्ने कार्य तत्काल नराेक्न प्रम दाहालकाे निर्देशन

१५ पाैष २०७९,काठमाडौं- भन्सारमा दाखिला नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने बनाउने नीति लागु गर्ने तयारी गरिए पनि तत्काल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनु भएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने बनाउने याेजना अघि सारिएकाे थियाे ।

भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित सो प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर आजदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाएको हो । तर प्रम दाहालकाे निर्देशनले हाल कार्यान्वयन नहुने देखिएकाे छ ।

प्राधिकरणको सूचनाअनुसार याे नीति कार्यन्वयन भए देखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सामाजिक संजालबाटै कृषिमा सफलताः यूवा पुस्ता कृषि पेशामा आकार्षित हुँदै (फाेटाे फिचर)
Next post भिडियाे बाेल्दा बाेल्दै आगलागीमा परेर झापा बिर्तामोडका एक युवाकाे क्याबाेडियामा मृत्यु