0 0
Read Time:1 Minute, 50 Second

१५ माघ २०७७, काठमाडौँ — बुधबार देखि नेपालमा काेराेना विरूध्द थालिएकाे खाेप अभियान दाेस्राे दिन थप उत्साहजनकरूपमा बढेकाे छ । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए भने दाेस्राे दिन याे संख्या दाेब्बरले बढेकाे छ । खोप अभियानको दाेस्रो दिन देशभर २८ हजार ७ सय ३२ जनाले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

प्रादेशिक विवरण अनुसार खाेप लगाउनेकाे संख्या प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताउनु भएकाे छ। बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *