0 0
Read Time:2 Minute, 44 Second

१५ माघ २०७७, काठमाडौं- नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ ।

सर्वसाधारण नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशका आर्थिक विकासमा परितालित गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उदेश्यले नागरिक पेन्सन योजना कार्यान्वनयनमा ल्याइएको कोषका कार्यकारी निर्देशक रमन नेपालले जानकारी दिनुभयो ।

यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका सङ्घ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक-कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ । सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल जोडी हुन आउने कूल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर पेन्सन पाउन सक्ने व्यवस्था नागरिक पेन्सन योजनामा गरिएको छ। समाचार स्राेतः नेपाल टेलिभिजन अनलाइन

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *