झापामा संचालित नेपाली हाते कागज उद्योग संकटमा पर्दै (फाेटाे फिचर)

५ फाल्गुण २०७९/डिकेश लामा

बजारमा समस्या आएसँगै झापाका झण्डै ३ दर्जन नेपाली हाते कागज उद्योगहरु संकटमा पर्दै गएका छन् । विच्यौला र वैंकको व्याज बृद्धि भएका कारण कतिपय उद्योगहरु बन्द हुन थालेका हुन् । नेपालको सवै भन्दा धेरै नेपाली हाते कागज उत्पादन हुने झापामा पछिल्लो समय समस्या आउन थालेको छ । कागज निर्माणको कच्चा पदार्थको मुल्य बृद्धि भए पनि कागजको उचित मुल्य पाउन नसक्नु र विच्यौलाका काराण समस्या आउन थालेको कागज उत्पादकहरुले बताएका छन् । पछिल्लो समय भएको आर्थिक मन्दीका कारण पनि बंैकले लगानी नगर्दा समस्या भएको छ ।

पछिल्लो समय भित्रिएका नयाँ मेशिनमा पराम्परागत तवरबाट बनेका कागजको गुणस्तर समेत समायोजन हुन सकेका छैनन् । यस्तै वैंकले आवश्यक कर्जा समेत उपलव्ध नगराएका कारण नेपाली हाते कागज उद्योगहरु बन्द हुन थालेको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार प्रिन्टर्सले हाते कागज प्रयोग गर्दा डस्ट धेरै आउने भएकाले थप समस्या भएको छ । यस बाहेक बंैलले लगानी गर्न नसकेका कारण व्यवासयीले आर्थिक कारोवार सजह तरिकाले गर्न नसक्दा धेरै उद्योगीहरु विस्थापित समेत हुने अवस्थामा पुगेका छन् ।

पूर्वी नेपालमा पाईने अरगेलीको लोक्ता तथा चुरे र पहाडी क्षेत्रमा पाइने बावियोबाट निर्माण गरिने हाते कागज नेपालमा सरकारी कार्यालय देखि विदेशसम्म माग हुने गरेको छ । तर कागजको माग बृद्धि भए पनि समयमा भुक्तानी नहुनु र वैंकको ब्याज बृद्धिले कतिपय उद्योगहरु बन्द हुन थालेको विर्तामोड नगरपालिका वडा नं. ७ मा संचालित खरेल नेपाली हाते कागज उद्योगका संचालक लक्ष्मिप्रसाद खरेलले बताउनु भयो । आर्थिक संकटका कारण धेरै उद्योग कामकाज ठप्प पारेर पर्ख र हेरको अवस्थामा छन् भने केही बन्द नै भइसकेको खरेलले बताउनु भयो ।

ग्रामीण क्षेत्रमा संचालन गरिएका नेपाली हाते कागज उद्योगमा झापामा मात्रै झण्डै ५ सय हाराहारीले रोजगार पाएका छन् । तर उद्योगबाट उत्पादित कागज विच्यौलाका कारण उचित मुल्य पाउन नसक्दा कतिपय उद्योगहरु बन्द हुन थालेको उद्यमीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नुवाकोटमा बस दुर्घटनामा ३ जनाको मृत्युः २३ जना घाइते
Next post बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु