0 0
Read Time:4 Minute, 26 Second

१८ चैत्र २०७९/डिकेश लामा

झापाबाट मात्र बार्षिक झण्डै ७ अर्वको कारोवार हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिका लागि यस बर्ष प्रदेश सरकारले प्रशोधन उद्योगमा अनुदान दिएको छ । अलैंची संकलन केन्द्र संचालन गर्दै आएका विर्तामोडका यूवालाई ५० लाख रुपयाँको अनुदानको कार्यक्रम उपलव्ध गराइएको छ ।

भारतीय बजारको आधारमा मुल्य निर्धारण हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिमा जोड दिन थालिएको छ । नेपालकै धेरै अलैंचीको कारोवार हुने झापाको विर्तामोड बजारमा अलैंची प्रशोधन गरी मुल्य बृद्धि हुने दिशामा आफूहरु लागेको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताउनु भयोे । भट्राईका अनुसार यो बर्ष कृषि ज्ञान केन्द्रबाट प्राप्त ५० लाख अनुदानले थप भवन र केही मेशिन थप गरी अझै व्यवस्थित अलैंची प्रशोधन गरिने छ । यस अघि नै ठूलो लगानीमा खोलिएको एभरेष्ट लार्ज कारडमम इन्ड्रष्टिज प्रा.लि. खोलेर अलैंची प्रशोधन गर्दै आएका छन् । केही यूवाहरु मिलेर थालेको अलैंची प्रशोधनले व्यवसायीसँगै किसानलाई समेत फाइदा पुग्ने उहाँले बताउनु भयो ।


केही बर्ष अघि प्रति मन १ लाख २० हजार रुपयाँमा विक्री गरिएको अलैंची पछिल्लो समय ५ गुणा भन्दा कम मुल्यमा समेत झर्न पुग्यो । यस बर्ष ३५ देखि ४० हजार सम्म प्रतिमन विक्री भएको छ । तर बजार मुल्यको एकरुपता नहुँदा विकल्पको खोजी गर्न थालिएको हो । अलैंचीको गुणस्तर बृद्धि र बजारको माग अनुसारको अलैंचीका बस्तु उत्पादन गर्न यस बर्ष प्रदेश सरकार मार्फत अनुदानको कार्याक्रम संचालनमा ल्याइएको कृषि ज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत अंकित भट्टराईले बताउनु भयो । भट्राईका अनुसार प्रशोधन अनुदानले देश भरीकै अलैंची संकलन हुने विर्तामोड बजारमा अलैंचीको गुणस्तर बृद्धि हुने उहाँले बताउनु भयो ।


नेपालमा उत्पादन भएको अलैंचीको मुख्य बजार भारत हो । मसलाजन्य कृषि उपार्जनमा पर्ने अलैंचीको विभिन्न परिकार तयार गरी नेपालमै खपत गराउँनका लागि सरकारको ५० प्रतिशत अनुदानमा झण्डै एक करोड लगानीमा यो बर्ष प्रशोधन उद्योग संचालनको प्रकृया थालेको केन्द्रले जानकारी दिएको छ । पछिल्लो समय नेपाल ४५ वटा जिल्लामा अलैंची खेती हुँदै आएको खासगरी पूर्वी नेपालमा अधिक खेती हुने अलैंची बार्षिक ६ देखि ७ अर्व रुपयाँसम्मको निर्यात भएको तथ्याङ्क छ । यस बर्ष पनि गत बर्षको तुलनामा अलैंची निर्यात बढेको छ । यस बर्ष फाल्गुन महिनासम्म १ कारोड २६ लाख केजी चिया भारत निर्यात भइसकेको छ । अघिल्लो बर्षमा फाल्गुन महिनासम्म ८३ लाख ५५ हजार केजी मात्र चिया भारत निर्यात भएको थियो । बर्ष भरीमा १ करोड १७ लाख केजी चिया निर्यात भएको थियो ।

यस बर्ष फाल्गुन महिनासम्म १ करोड २६ लाख केजी चिया निर्यात भइसकेको छ । हालसम्म मुल्यको हिसाबमा हेर्ने हो भने अढाइ अर्वको चिया निर्यात भइसकेको मेचि भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले जानकारी दिनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *