नेपालकै सवैभन्दा धेरै धान खेती हुने झापामा चैते धानको खेती बर्षेनी घट्दै (फाेटाे फिचर)

१९ चैत्र २०७९/बालदिवश तामाङ

नेपालमा सवै भन्दा धेरै खेती हुने झापामा चैते धानको खेती घट्दै जान थालेको छ । धान रोप्ने समय मलको अभाव र विक्री गर्ने समय बजारको समस्याले गर्दा चैते धानको खेती घट्दै गएको किसानले बताएका छन् । खासगरी दक्षिणी झापामा गरिने चैते धानको खेती केही बर्ष यता घट्न थालेको छ । सरकारले प्रोत्साहन अनुदान दिन छाड्नु र समयमा मल नपाउँदा चैते धान खेती घट्दै गएको् किसानले बताएका छन् ।

झापाको कचनकवल, शिवसताक्षी, कमल, गौरीगंज, गौरादह क्षेत्रमा चैते धान अधिक मात्रमा खेती हुने गर्छ । तर यो बर्ष मल र पानीको समस्याले गर्दा खासै खेती गर्न नसकेको सामुहकिरुपमा बृहत खेती गर्दै आएको गौरादह नगरपालिकाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।

झापामा चैते तथा बर्षे गरी ८७ हजार ५ सय हेक्टरमा खेती हुने गरेको छ । तर यस बर्ष धान हुने खेती नै घटेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार चैते धानको बजारको समस्या र बाली उठाउने वेला बर्षात हुने समस्याले चैते धान प्रति किसानको आकार्षण घट्दै गएको छ । तर सरकारले चैते धान बृद्धिका लागि प्रोत्साहन अनुदान तथा अन्य सहयोग समेत गर्दै आएको उहाँले बताउनु भयो ।

आर्थिक बर्ष २०७७/०७८ मा झापा चैते धान १९ हजार ८ सय २५ हेक्टरमा धान खेती भएको थियो । तर गएको बर्ष झण्डै १ हजार हेक्टर क्षेत्रफल घटेको छ । यस बर्ष मलको अभावले अझै चैते धानको खेती घट्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा अलैंची प्रशोधनमा जोडः प्रदेश सरकारले दियो ५० लाख रुपयाँ अनुदान (फाेटाे फिचर)
Next post नगरपालिका विरुद्ध सता गठबन्धनः दमक नगरपालिका निजी स्वार्थ केन्द्रित बन्दै गएको आरोप