0 0
Read Time:3 Minute, 41 Second

११ असार २०८०, सारासन्देश समाचार– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोह मध्येका थप १ जना आज पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले मण्डिखाटारबाट फरार रहेका आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको छ ।  यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको छ । त्यसमध्ये १८ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमश: ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । फरार १२ मध्येका बुढाथोकी पनि हुन् । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार छन् ।

यता पछिल्लाे समय नक्कली भूटानी शरणार्थी प्रकरणबारे अडियाेहरू समेत धमाधम सार्वजनिक भएका छन् । हालै मात्र पक्राउ परेका सानु भण्डारी र तत्कालीन शरणार्थीकाे प्रशासनिक कार्यकाे रेखदेखमा खटिनु भएका नेपाल सरकारका कर्मचारी शरणाार्थी समन्वय इकाइका शिविर सुपरीवेक्षक (आरसीयू) सुरेन्द्रराज दाहालकाे अडियाे सामाजिक संजालमा आएकाे छ । त्याे अडियाेमा तत्कालिन प्रधानमन्त्रीकाे सम्म नाम मुछिएकाे पाइएकाे छ । तर राज्यले कतिहदसम्म गएर कार्वाही गर्छ भन्ने हेर्न बाँकी रहेकाे खाटी भूटानी शरणार्थीहरूका अगुवाहरूले बताएका छन् ।  यस विषयमा हालै विश्व शरणार्थी दिवशकाे अवसरमा राष्ट्रिय मेलमिलाप समिति भुटान र स्वतन्त्र जनमञ्च भूटानले शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकायमा पत्र पठाइ छानविन समेत माग गरिएकाे छ । पक्राउ परेकालाइ कस्ताे कार्वाही हुन्छ हामी चासाेका साथ हेरिरहेका छाैं, शरणार्थी शिविरका अगुवा कृष्णविर तामाङले बताउनु भयाे । राष्ट्रिय मेलमिलाप समितिका अध्यक्ष समेत रहनु भएका तामाङले पटक पटक विज्ञप्ती र ज्ञापन पत्र नक्कली शरणार्थी प्रकरणकालाई कार्वाही समस्या परेका खाटी भूटानीलाई न्याय दिलाउन माग समेत गर्दै आउनु भएकाे छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *