Read Time:1 Minute, 8 Second
१२ असार २०८०/झापा
झापाको हल्दिबारीमा आज विहान हात्तीको आक्रमणबाट एक जना ज्यान गएको छ । भद्रपुर नगरपालिका वडा नंं. ७ का ५३ बर्षीय गिरेन कर्माकारको ज्यान गएको हो । विहान ४ बजे तिर जंगली च्याउ खोज्न निस्किएको वेला हल्दिबारी गाउँपालिका वडा नं. २ को देउनिया खोलाको बगरमा हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । सँगै च्याउ खोज्न गएका अर्का एकजना भने भागेर ज्यान बचाएको बताइएको छ । मृतको लाश पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ ।
झापा जिल्लामा एक दशक यता हात्तीको आक्रमणबाट ५ दर्जन हाराहारीमा मानिसको ज्यान गएको छ डिभिजन बन कार्यालय झापाले जानकारी दिएको छ ।
