आइतराजको उपचारमा समस्याः श्रीमति दिलमाया मागिन् सवैमा सहयोग

१२ असार २०८०/डिकेश लामा
सुकुम्बासी बस्तीमा दमकको वडा नं. ९ मा बसोवास गर्दै आएका रिक्सा चालक आइतराज विश्वकर्माको उपचारमा समस्या भएको छ । खर्च नहुँदा २ महिना पछि परिवार, नातागोता र शुभचिन्तकहरुको सहयोगमा हिजो उपचारको लागि विराटनगरको मोरङ्ग सहकारी अस्पताल भर्ना गरिएको छ ।
मजदुरी गरेर गुजरा गर्दै आउनु भएका ५७ बर्षीय विश्वकर्मा खर्चको अभाव लामो समय देखि ओछ्यानमै रहनु भएको खवर यस अघि सारासन्देशले कास्टिङ गरेको थियो । त्यस पछि उहाँलाई केही सहयोग जुटेपछि उपचारमा लगिएको हो । तर अस्पताल पुर्याए पछि लाग्ने खर्च र आवश्यक रगतको जोहो गर्न नसक्दा विरामीको ज्यान नै जोखिममा परेको उहाँको श्रीमति दिलमाया विश्वकर्माले बताउनु भयो । उहाँले हाललाई ४ पाउण्ड ओ पोजिटिभ रगत चाहिएको भए पनि उपलव्ध हुन नसक्दा थप समस्या भएको छ । यस्तै लामो प्रकृयाबाट उपचार गर्नु पर्ने भएकाले खर्चको प्रवन्धमा समेत समस्या पर्ने उहाँले बताउनु भयो ।
दमकमा ३० बर्ष देखि सुकुम्बासी बस्तीमा बस्दै आउनु भएका ५७ बर्षीय विश्वकर्मा आफू सक्ने हुँदा रिक्सा तथा ठेला चलाउनु हुन्थ्यो । तर यतिखेर खर्चकै अभावमा मृत्यु र जीवनको दोसाँधमा छटपटाउनु परेको छ । उहाँकाे श्रीमित दिलमायाले सडकमा मकै पाेलेर विक्री गरेकाे पैसाले घर व्यवहार चलाउनु हुन्थ्याे अहिले विरामीकाे स्याहार गर्नु परेकाेले त्याे काम पनि बन्द भएकाे छ ।  लामो समय ओछ्यानको बासबाट अस्पतालसम्म पुग्नु भएकाे विरामीकाे उपचारमा दाताहरुले सहयोग गरे बाँच्ने आशा रहेको श्रीमति दिलमायाले बताउनु भयो ।
उहाँले सहयोगका लागि गरिमा विकास वंैंकको दिलमाया विश्वकर्माको नामको ०५८०१३०११३४७०२००००१ नम्बरको खाता समेत रहेको बताउनु भएको छ । दानविर दाताले यसमा सहयोग गरेर श्रीमानलाई बचाउन सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

स्मरण रहाेस्ः विरामीलाई सहयाेग गर्न चाहानुहुने महानुभावले यस मिडिया मार्फत नभइ सिधै विरामीकाे श्रीमतिकाे माथि दिएकाे खातामा सहयाेग गर्न अनुराेध गर्दछु । सहयाेग गरेकाे जानकारी दिनु भए तपाइकाे सहयाेगकाे कदर स्वरूप यस मिडियाबाट समाचार सामाग्री भने प्रसारण तथा प्रकाशन गरिने छ । – सम्पादक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु
Next post ललिता निवास जग्गा प्रकरणका ठूला माछालाई समात्न सांसदहरुकाे माग