ललिता निवास जग्गा प्रकरणका ठूला माछालाई समात्न सांसदहरुकाे माग

१३ असार २०८०,काठमाडौँ– सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गर्नुभयो  ।
सांसदहरू राजेन्द्रकुमार केसी, रामहरि खतिवडा लगायत ढिलै भए पनि भ्रष्टचारीलाई कानुनी दायरामा ल्याएको पर्ति दन्यबाद दिंदै पक्राउ परेका साना माछा मात्र नभई ठुला माछालाई पनि छाड्न नहुने बताएका छन् ।
यस्तै अन्य सांसदहरूले विपद व्यवस्थापन, स्वास्थ्य मन्त्रालय मार्फत करारमा खटिएका स्वास्थ्यकर्मीकाे तलव, सामुदायिक विधालयकाे समस्याकाे समाधान तत्काल खाेजिनु पर्नेमा जाेड दिएका छन् ।  यसैगरी सङ्घीय निजामती कर्मचारी सेवा ऐन, सङ्घीय शिक्षक ऐन, सङ्घीय प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण विधेयक चालु अधिवेशनबाट सम्पन्न गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयनको सन्देश दिनेगरी काम गर्न सांसदहरूले माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आइतराजको उपचारमा समस्याः श्रीमति दिलमाया मागिन् सवैमा सहयोग
Next post ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति