0 0
Read Time:1 Minute, 33 Second

४ भदाै २०८०, काठमाडौँ– बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न आज अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । अनुसन्धान प्रतिवेदन लेखनको काम नसकिएपछि सीआईबीले थप समयका लागि अदालतसँग अनुमति मागेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले अदालतबाट थप ३ दिनको समय पाएको जानकारी दिए । सोमबार साँझसम्म सीआईबीले प्रतिवेदन बुझाउने भनेकोमा केही काम बाँकी रहेको उल्लेख गरेपछि थप समय मागिएको हो ।

सूचना अधिकारी दाहालका अनुसार उक्त प्रकरणमा पक्राउ परेकाको गएको साउन ३१ गते पाँच दिनका लागि म्याद थप गरिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *