रतुवा बाढीको जोखिमले बर्षेनी खोला तटका गाउँहरु खाली हुँदैः बाँसको बाँधको भरमा बास (फाेटाे फिचर)

३ भदौ २०८०/डिकेश लामा

उचित बाँधको व्यवस्था हुन नसक्दा केही बर्ष यता डुवाटोली बस्तीका दर्जनौं घर परिवारको उठिबास भएको छ । भएको जग्गा र घर तर्फ बाढी पसे पछि घरबार छाडेर बसाई सर्नु पर्ने अवस्था आएको पीडित परिवारले दुखेसो पोखेका छन् ।

गौरादह नगरपालिका वडा नं. ५ को डुवाटोलीमा यस अघि २ सय भन्दा धेरै घरहरु थिए । तर यतिखेर एक दर्जन हाराहारीमा मात्र घरहरु रहेका छन् । त्यो पनि लगातार २ बर्ष देखि बाढी पसेर दुःख दिन थाले पछि मानिसहरु विस्तारै घरबार छाडेर बसाई सरी थालेका छन् । स्थानीय रेखा शर्माका अनुसार केही बर्ष यता मात्र डुवाटोली क्षेत्रबाट २ दर्जन बढी परिवार बसाई सरेर गइसकेका छन् । शर्माले भन्नु भयो, ‘हामीलाई सरकारले अरु केही हौइन, बाँधमात्र बाँधी दिए भएको जग्गा जमिनमा कमाई गरेर खाने थियौं ।’ ३ बर्ष अघिसम्म २ सय भन्दा धेरै घर परिवार मध्ये अहिले १ दर्जन हाराहारीमा मात्र रहेका छन् । उनीहरु पनि कतिखेर हो भाग्नु पर्ने भन्ने मानसिकतामा बसेका छन् ।
यस बर्ष पनि रातको समय बाढी आयो । तर कता भाग्ने भन्ने ठाउँ नभएको कारण घरमै बस्न बाध्य भएको स्थानीय अपर्णा शर्माले बताउनु भयो । शर्माका अनुसार राम्रोसँग बाँध निर्माण गरिदिए ढुक्कले निदाउन पाइने उहाँले बताउनु भयो ।

२ बर्ष अघि बाढी ढुवान गरे पछि सयौं विगाह जमिन समेत बगर बनेको छ । यतिखेर बस्ती भएको स्थानमा रतुवा खोला बगिरहेको छ । यस बर्ष पनि बाढी पसे पछि अस्थायी बाँध बाँधेर बस्ती बचाउने प्रयास गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार स्थानीय सरकारले धान्न सक्ने बजेटमा बाँसको बाँध यो बर्ष पनि बाँधिएको छ । संघीय सरकारले ठेक्का लगाएको भनिएको क्षेत्रमा समयमा बाँध निर्माण नहुँदा गौरादहका धेरै बस्ती जोखिममा रहेको उहाँले बताउनु भयो ।


झापामा यो बर्ष विगत जस्तो धेरै धनजनको क्षति नभए पनि खोलामा डुवेर १ दर्जन भन्दा धेरैको ज्यान गएको छ । यस बाहेक बर्षेनी डुवानमा बाढी पस्ने बस्तीमा भने यो वर्ष पनि उचित बाँध निर्माण हुन नसक्दा डुवानको समस्या उस्तै रहेको छ । रतुवा नदिबाट तेलियाडाँगी, टङ्वा, डुवाटोली र पुरानो कोवरा बजार समेत जोखिममा रहेको स्थानीय जेष्ठ नागरिक नकुल राजवंशीले बताउनु भयो । राजवंशीका अनुसार यस बर्ष अलिकति भए पनि बाँसको बाँध बाँधेकाले केही थामेको छ । तर यो भने दिर्घकालिन समाधान होइन, उहाँले बताउनु भयो ।

झापा जिल्लामा नदि तथा खोला नियन्त्रण गर्न स्थानपना भएको जनताको तटबन्ध कार्याक्रमले ३ सय २८ किलो मिटर क्षेत्रमा १७ अर्व बजेटको विस्तृत परियोजना प्रतिवेदन १३ बर्ष अघि नै तयार गरेको थियो । तर हालसम्म ३ अर्व बजेटमा ३५ प्रतिशत हाराहारीमा मात्र काम भएकाले अझै पनि धेरै क्षेत्र डुवान र कटानको जोखिममा रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतीय सिमावर्ती क्षेत्रको चउरी बस्ती सँधै समस्यामाः झोलुङोको भरमा विरामीको व्यवस्थापन (फाेटाे फिचर)
Next post ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति