बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)

५ असोज २०८०/डिकेश लामा

बर्षेनी आएको बाढी र बर्षाको कारण झापामा १ सय भन्दा धेरै सिमास्तम्भहरु हराएका छन् । धेरै बर्ष देखि हराइएका स्तम्भहरु पुर्नस्थपना नगर्दा नेपाल भारतको भूमि छुट्याउँदै समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।बर्षा र बाढीका कारण बर्षेनी सिमास्तम्भहरु हराउँदै गए पनि निर्माण गर्ने कार्य तर्फ सरकारको ध्यान जान सकेको छैन । यस बर्षको बाढीमा पनि दक्षिणी सिमावर्ती क्षेत्रका केही स्तम्भहरु बगाएका छन् । तर संरक्षण नहुँदा सिमा नै मिचिने पो हो कि भन्ने स्थानीय बासिन्दाले चिन्ता गरेका छन् । गौरीगंज गाउँपालिका वडा नं. ४ बारासुदीका अगुवा विनोदप्रसाद यादवका अनुसार लामो समय देखि लडेको स्तम्भको संरक्षण नहुँदा नेपालको सिमाना नै कहाँ भन्ने अन्योल हुन थालेको छ । उहाँका अनुसार सरकारले जीपीएसबाट सिमाना थाहा पाउने बताए पछि स्थानीय क्षेत्रमा भने नेपालको भूमि कहाँ भन्ने थाहा नहुँदा सीमा मिचिने खतरा समेत बढ्ने बताउनु भयो ।

यस बर्ष पनि झापाको गौरीगंज गाउँपालिकामा वडा नं. २ मा कमल खोलाको बाढीले १ सय ४० को १५ नम्बरको स्तम्भ बगाएर वेपत्ता पारेको छ । सो क्षेत्रमा यस अघि बगेका स्तम्भहरु समेत खोलामै ढलेका छन् । तर यो बर्ष आवश्यक बजेट समेत विनियोजन भएकाले सिमा स्तम्भ मर्मत तथा पुर्नस्थपना गरिने झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार जोर भारतले र विजोर नेपालको शसस्त्र प्रहरीले मर्मतसम्म काम गर्न पाउँछ तर लडेका वा बगाएका स्तम्भ भने उच्च स्तरीय टीमबाट मात्रै बनाउन पाउने प्रावधान रहेको छ । यस बर्ष मर्मतका लागि केही बजेट विनियोजन भएकाले मर्मतको कार्य भने गरिने उहाँले बताउनु भयो ।

कोशी प्रदेशमै सवै भन्दा धेरै सीमा स्तम्भ रहेको झापा जिल्लाको सीमा क्षेत्रमा झण्डै एक सय हाराहारीमा सिमा स्तम्भहरु हराएका छन् । वेलैमा स्तम्भ पूर्नस्थपनामा ध्यान नदिदाँ नेपाल भारतको सिमाना नै कहाँ भन्ने अन्योल हुन थालेको सिमावर्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)
Next post खुकुरी प्रहारबाट लामिछानेकाे मृत्यु, २ जना घाइते