खुकुरी प्रहारबाट लामिछानेकाे मृत्यु, २ जना घाइते

६ असाेज २०८०,दाङ– दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसी उपमहानगरपालिका वडा नं. ११ की ४२ बर्षीय रीता लामिछाने रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज दिउँसो जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा लामिछानेको मृत्यु भएको हाे । उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

यस्तै टेक बहादुरले सोही ठाउँका करिब ४५ वर्षीय बीर बहादुर हमाललाई दायाँ हातमा र करिब ६५ वर्षीया कमला कुमारी हमाललाई पनि खुकुरी प्रहार गरेका थिए । घटना भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी जसपुर र इप्रका तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले घाइतेहरू दुई जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाइएको थियो ।

कमलालाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको र बीर बहादुर तुलसीपुर उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक लामिछानेको प्रारम्भिक अनुसन्धान कार्य पश्चात पोष्टमार्टमको लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको र खुकुरी प्रहार गर्ने टेक बहादुरलाई उनकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मल्लले जानकारी दिनुभयो ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्षेनी हराउँदै सिमा स्तम्भः पूर्नस्थपनामा छैन सरकारकाे चासो (फाेटाे फिचर)
Next post झापाको पुरानो धार्मिक पर्यटकीय क्षेत्र दोमुखाको मुहार फेरिँदै (फाेटाे फिचर)