0 0
Read Time:1 Minute, 26 Second

३ कार्तिक २०८०/झापा
चाडबाडमा सहज होस् भन्ने ध्येयले झापाको दमक नगरपालिकाले नगरका ५७ जना सुस्त श्रवण भएकालाई मेशिन वितरण गरिएको छ । नगरमा रहेका १ सय जनाको ३ पटकसम्मको जाँच र परिक्षण पछि आज एक कार्याक्रम गरी नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले श्रवण मेशिन वितरण गर्नु भयो ।
प्रसाईंका अनुसार भौतिक पूर्वाधार मात्र विकास नभएर अशक्तहरुलाई सशक्त बनाउनु पनि विकास भएकाले नगरको १० लाख रुपयाँ बजेट विनियोजन गरी सुस्त श्रवणका लागि निशुल्क उपचार र आवश्यकलाई मेशिन वितरण गरेको बताउनु भयो ।


कानमा समस्या भएकालाई बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट अडियोलोजिष्ट डाक्टर भीके झाले परिक्षण गरी प्रयोग गर्ने तरिका सिकाएर मेशिन प्रदान गरिएको छ । श्रवणमा समस्या भएकाले नगरले निशुल्क उपचार पछि मेशिन प्रदान गरेकाले विपन्नका लागि ठूलो टेवा मिलेको बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *