Read Time:1 Minute, 11 Second
३ कार्तिक २०८०/दमक
झापाको दमकमा संचालित युनिक कलेजले आज १९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा कलेज संचालन समितिको अध्यक्षमा सुजन निरौला निर्विरोध चयन हुनु भएको छ । यसैगरी चुनावी प्रकृयाबाट सदस्यहरुमा एलडी राई, मञ्जु बुढाथोकी, चन्द्र नेपाल, यमुना गौतम्, चुडामणी अधिकारी, लक्ष्मी चम्लागाइँ निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक बीपी मिश्रले जानकारी दिनु भयो ।
यसैगरी लेखा समिति संयोजकमा नगेन्द्र बस्नेत र सदस्यमा हस्तबहादुर भट्टराई चयन हुनु कार्याक्रम संचालक कलेजका प्राध्यापक शेखर कटुवालले बताउनु भयो ।
कलेजले विगत २ दशक देखि व्यवस्थापन, शिक्षा, मानविकी, होटल म्यानेजमेन्ट, कम्पुटर र पत्रकारिता जस्ता विषयहरु अध्यापन गराउँदै आएको छ ।
