रबरको मुल्यमा गिरावट प्रति केजी २२५ मा विक्री हुँदै
१५ कार्तिक २०८०, झापा
आर्थिक मन्दिका कारण यस बर्ष रबरको मुल्यमा समेत गिरावट आए पछि किसानहरु मारमा परेका छन् । गत बर्ष यो सिजनमा २ सय ६० रुपयाँ प्रति केजी विक्री भएको रबर यो बर्ष २ सय २५ रुपयाँमा मात्र विक्री हुँदै आएको छ ।झापा जिल्लामा सवै भन्दा धेरै खेती हुने भद्रपुरको एग्रो फरेस्टिक सेन्टरमा यतिखेर दैनिक ८ सय लिटर चोप निकाल्दै आएको छ । सेन्टरमा पेलेर तयार गरेको रबर भने दैनिक २ देखि २ सय ५० केजी उत्पादन हुँदै आएको खेतीका प्रमुख प्राविधिक पीटी भुटियाले बताउनु भयो ।
यस बर्ष बर्षातको शुरुवातमा पानी नपरेको र पछिल्लो समय पानी धेरै परेकाले रबरको चोप उत्पादनमा समेत गिरावट आएको किसानले बताएका छन् । नेपालमै सवै भन्दा धेरै झापा जिल्लामा ५ सय हेक्टर क्षेत्रफल हाराहारीमा रबर खेती हुँदै आएको छ । जिल्लामा बार्षिक ४ देखि ५करोड मुल्यको रबर उत्पादन हुँदै आएको छ ।