इजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमणः हमासका बरिष्ठ कमाण्डरसहित ५० जनाको मृत्यु

१५ कार्तिक २०८०, एजेन्सी– इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् ।

घटनास्थलका तस्वीरहरुले घरहरु भएको ठाउँमा कतै ठूला खाडल परेको देखिएको छ भने कतै घरहरु माटोमै बिलाएका छन् । आक्रमणमा परेको शरणार्थी शिविर इजराइलले मानिसहरुलाई आफ्नो सुरक्षाका लागि पहिले नै छोड्न भनेको थियो । इजराइलले गाजामा हवाई आक्रमण जारी राखेको छ । हिजो एकैदिनमा ३ सय वटा निसाना बनाएर आक्रमण गरेको इजराइलले जनाएको छ । इजराइली स्थल सेना माथि विद्रोहीहरुका तर्फबाट एन्टी-ट्याङ्क मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ ।

हमासले गत ७ सेप्टेम्बर मा इजराइल माथि अचानक आक्रमण गरेपछि इजराइलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।

अक्टोबर ७ यता प्यालेस्टाइनतर्फ ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । द्वन्द्वका कारण लाखौँ प्यालेस्टिनी विस्थापित भएका छन् भने हजारौँले अस्पतालहरूमा शरण लिइरहेका छन् । द्वन्द्वमा पत्रकारहरूसमेत मारिएका छन् । इजरायल-हमास द्वन्द्वमा परी कम्तीमा ३४ प्यालेस्टिनी पत्रकार मारिएको अल जजीराले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी दक्षिणी इजरायलमा ४ जना इजरायली पत्रकार मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आईएफजे) ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रबरको मुल्यमा गिरावट प्रति केजी २२५ मा विक्री हुँदै
Next post विमाको रकम घटाए पछि बाख्रा पालक किसान समस्यामाः पेशाबाट विस्थापित हुँदै किसान