१६ बर्षीय नाबालककाे साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद

१४ कार्तिक २०८०, मोरङ– प्रहरीले विराटनगर-६ शनिमन्दिर चोकबाट एक नाबालकको साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँ मंगलबार बरामद गरेको छ । कोशी प्रहरी कार्यालयका प्रादेशिक अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले १६ वर्षीय नाबालकले कालो झोलामा उक्त रकम बोकेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनु भयाे । नाबालकको साथबाट १ हजार दरको १ हजार ६८७ थान, ५ सय दरको १ हजार थान बरामद भएको ओलीले बताउनु भयाे ।

उहाँले उक्त रकम हुण्डी कारोबारको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयाे । नाबालकको साथबाट कुमारी बैंक लिमिटेडको चेकबुक एक थान, एनआईसी एसिया बैंकको एक थान चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा रकम जम्मा गरेको भौचर चार थान र प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय माेरङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
Next post रबरको मुल्यमा गिरावट प्रति केजी २२५ मा विक्री हुँदै