राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आव्हान

१७ फाल्गुन २०७७, काठमाडौं- प्रतिनिधिसभा पूनर्स्थपना भएसँगै आज राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आव्हान गर्नु भएकाे छ । मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गतेका लागि अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हाे ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८२ निकाे, ७८ जना संक्रमित
Next post नेपालमा आज ६४ निकाे, ७३ संक्रमित