Screenshot

बीमा कम्पनिले बाली विमा गर्न नमानेकाले कडा नीति बनाउन माग

१६ जेष्ठ २०८३/डिकेश लामा

यस बर्ष झापामा तेस्रो पटक आएको बेमौषमी हावाहुरी र असिनापानीले कृषि क्षेत्रमा ठूलो नोक्सानी पुगेको छ । यस अघि दुई पटकको गरी झण्डै २ अर्वको क्षति भएको जिल्लामा हालै जेष्ठको दोस्रो साता आएको हावाहुरीले करोडौं रुपयाँको केराबाली नष्ट गर्दा किसान खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बाह्रदशी गाउँपालिका वडा नं. ७ मा एकै किसानको १० देखि ३० लाख रुपयाँसम्मको केराबाली नष्ट भएको छ । सो वडामा मात्र २ करोड बढी मुल्यको केराबाली नष्ट भएको अनुमान गरिएको छ । आधिकारिक विवरण भने संकलनको चरणमै छ । बर्षेनी क्षति व्यहोर्न बाध्य सो क्षेत्रका किसान यतिखेर निराश बनेका छन् । स्थानीय किसान कपिल पोखरेलको मात्र २ विगाह क्षेत्रको केरा खेती करिब पूर्णरुपमा नष्ट भएको छ । यस्तै सो वडामा मात्र लगाइएको कम्तिमा ५० विगाह क्षेत्रको केरा बगान ८० प्रतिशत नष्ट भएको छ ।

केरा खेतीमा पछिल्लो समय युवाहरु समेत आकार्षित बन्दै गएका थिए । तर लगातार बर्षेनी हावाहुरीका कारण क्षति व्यहोर्नु परेको छ । बीमा गर्न खोज्दा समेत विमा कम्पनिले विमा नगरिदिने भए पछि थप समस्या भएको साढे ७ विगाह क्षेत्रमा केरा खेती गर्दै आउनु भएका युवा सुजन चिमरियाले बताउनु भयो । उहाँका अनुसार आफ्नो मात्र ४० लाख भन्दा बढी मुल्यको केरा नष्ट भएको छ । सो क्षेत्रका किसानको करिब २ करोड बढी नष्ट भएको हो ।

यस्तै झापा गाउँपालिका वडा नं. ३ मा ३० विगाहमा खेती गर्दै आउनु भएका चन्द्र बस्नेतको पनि ३० लाख क्षति भएको छ । उहाँको यस अघि असोज १९ गते देखि आएको अविरल बर्षा र बाढीले १ करोड ९ लाख ५० हजारको क्षति भएको प्रहरीले मुजुल्का उठाएको थियो । देशका मुख्य व्यवसायिकरुपमा खेती गर्ने किसान, मन्त्रालयका कर्मचारी सहितको गएको बैशाख ८ गतेको कृषि बीमा सम्बन्धीको अन्तकृयाको छलफलमा नेको इन्स्योरेन्सका मुख्य कार्यकारी अधिकारी अशोककुमार खड्कालले ३ तलाबाट हाफ फाल्यो भने मान्छे मर्छ भन्ने प्रष्ट भए जस्तै केरा खेती गर्दा डुविन्छ भन्ने थाह पाउँदा पाउँदै कसैले बीमा गर्छ भन्ने जस्ता नाफामुखी कारोवार मात्र गर्ने संकेत दिएकाले पनि कृषि बालीको बीमा गर्ने जिम्मेवारी पाएको नेको इन्सोरेसले जोखिममा रहेका कृषि बालीको बीमा गर्न नमाएको भेलामा सहभागी हुनु भएका बस्नेतले बताउनु भयो ।

जिल्लामा भद्रपुर, गौरीगंज, झापा, बाह्रदशी लगायतका पालिका व्यवसायिकरुमा ठूलो क्षेत्रमा केरा खेती हुँदै आएको छ । जलवायु परिवर्तनका कारण लगातार ४ बर्ष देखि झापामा कृषि क्षेत्रमा ठूलो असर पुर्याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार हरेक बर्ष कृषि क्षेत्रका जलवायु परिवर्तनको असर देखा पर्दै आएको छ । यो बर्ष मात्र ३ पटक गरी २ अर्व हाराहारीमा क्षति भइसकेको उहाँले बताउनु भयो ।

देशको कुल ग्राहस्थ जीडीपी उत्पादनमा ठूलो हिस्सा रहेको कृषि क्षेत्रलाई हालै सार्वजनिक भएको बजेटले पनि खासै प्राथमिकता नदिएको किसानको गुनासो छ । वेमौषमी विपतीबाट नोक्सान व्यहोर्न बाध्य किसानले अनिवार्य बीमा र राहत प्याकेजको व्यवस्था ल्याउनु पर्ने उनीहरुले माग गरेका छन् । अन्यथा देश विकास गर्छौं भनेर कसिएका नेतृत्व समेत फेल खाने र वैदेशिक रोजगारमा जाने यूवाको ताँती अझै बढ्ने युवा किसानले बताएका छन् ।

See video story

https://www.facebook.com/reel/2162520981200744

Leave a Reply

Your email address will not be published. Required fields are marked *