२६ चैत्र २०८२, झापा
झापाको दमक पछि कमल गाउँपालिकामा पनि बर्ड फ्लू (एच ५ एन १) पुष्टि भएको छ । दमकको छिमेकी पालिकामा पनि पंक्षीमा लाग्ने घातक रोग पुष्टिसँगै किसान त्रसिद बनेका छन् । २४ गते काठमाण्डौंको प्रयोगशालामा अन्तिम रिर्पोट पोजिटिभ आएसँगै हिजो कमल वडा नं. ६ का किसान उज्वल भण्डारीको फार्ममा रहेका करिब १ हजार कुखुरा नष्ट गरिएको कमल गाउँपालिका पशु सेवा शाखाका प्रमुख दिपेन्द्र लामिछानेले बताउनु भयो ।


लामिछानेका अनुसार २४ गते कमल वडा नं. ६ को उज्वल भण्डारीको लेयर्स कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भए लगतै हिजो मात्र जिल्लाबाट तीव्र कार्यदल आएर नष्ट गरी खाल्डोमा पुरिएको छ । सो क्षेत्रलाई अव सरसफाइ गरेर निसंक्रमण् गरिने बताइएको छ ।
गएको २२ गते प्रयोगाशाला परिक्षणका लागि लगिएको मरेको कुखुरामा फ्लू पुष्टि भए पछि कुखुरा नष्ट गरिएकाले सरकारले क्षति बापत दिने सहयोग चाँडो उपलव्ध गराउन पीडित किसानले माग गरेका छन् । यस अघि दमक नगरपालिका वडा नं. १० को दुई वटा ठूला लेसर्य कुखुरा फार्ममा यो रोग पुष्टि भएको थियो ।ती फार्महरु शील गरिएको छ । शील गरिएको क्षेत्रमा ४५ दिन यता प्रवेशमा रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार हालसम्म मरेका र मारिएका गरी ३० हजार हाराहारी कुखुरा रहेका छन् । यता कम खतरनाक भएिको एच ९ देखा परेर पनि अन्य ६ वटा फार्मका कुखुरा मरेका छन् । हालसम्म झापामा ५० हजार हाराहारी कुखुरा नष्ट भइसकेका छन् भने एउटै किसानको ३ करोडसम्म क्षति भएको छ ।
यो महामारी लागेको एच ५ एन १ अर्थात बर्ड फ्लू पुष्टि भएका किसानलाई भने बर्डफ्लू नियन्त्रण निमावली २०७८ बमोजिम राहत दिने व्यवस्था छ भने अन्य प्रकारका भाइरस लागेका किसानले भने बीमा मार्फत मात्र क्षतिपुर्ति असुल गर्न सक्ने प्रावधान रहेको छ । तर कतिपय किसानले भने बीमा समेत नगरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *