Screenshot

चन्द्रलाल राई (किसान)

१२ चैत्र २०८२, बाल दिवस लामा

आयात घटाउने ध्येयले झापामा पछिल्लो समय व्यवसायिक प्याज खेतीमा जोड दिन थालिएको छ । सरकारले उपलव्ध गराएको अनुदान र प्राविधिक सहयोगको कारण किसानले ठूलो क्षेत्रमा खेती गर्न थालेका हुन् ।

झापाको मेचिनगर नगरपालिका वडा नं. २ का चन्द्रलाल राईले १० कठ्ठा क्षेत्रफलमा प्याज खेती गर्नु भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम झापाले अनुदान दिए पछि उहाँले यो पटक व्यवसायिकरुपमा प्याज खेती गर्नु भएको हो ।

राई जस्तै जिल्लामा गत बर्ष देखि समूह तथा एकलरुपमा धेरै किसानले प्याज लगायतका अन्य व्यवसायिक तरकारी खेतीमा जोड दिन थालेका छन् तरकारीजोन समन्वयस समितिका संयोजक पूर्ण ख्डकाका अनुसार अनुदान र प्राविधिक सहयोगले किसानहरु उत्साहित बनेका छन् ।

जिल्लामा गत बर्ष देखि तरकारीजोन कार्याक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम मार्फत शुरु भएको छ । न्यूनतम् १० कठ्ठामा तरकारी खेती गर्ने किसानलाई यन्त्र, सिंचाई तथा खेती व्यवस्थापनमा सहयोग गर्दै आएको कार्याक्रम कार्यन्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

झापा जिल्ला झण्डै ११ हजार हेक्टर हाराहारी क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । पछिल्लो समय खेतीमा स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयोग हुन थाले पछि खेती गर्ने संख्या र क्षेत्रफल दुवै बढ्दै गएको छ । व्यवसायिक प्याज खेतीतर्फ किसानको आकार्षण बढेसँगै आयात प्रतिष्थापनमा समेत टेवा पुग्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *