३० फाल्गुण २०८२/झापा
झापाको दमकमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरिएको छ । आज शनिबार दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्याक्रममा मावि र आधारभूत स्तरीय प्रतियोगिता भएको हो । गोर्खा डिर्पाटमेन्ट भवनमा भएको कार्याक्रममा मावि तर्फ कक्षा ११ का अभिमन्यु चापागाँई प्रथम, सुम्निमा राई द्वितीय, प्रिपेश श्रेष्ठ तृतीय भएका छन् ।

यस्तै बसन्त शिशिर र इशान केरुङ सान्तवनाबाट पुरस्कृत भएका छन् । यस्तै आधारभूत तह तर्फ चर्चित नेपाल प्रथम, तृष्णा नेपाल द्वितीय र कृपा कार्की तृतीय भएका छन् । आधारभूत तर्फ सान्तवनामा हाङमा लिम्बु र चन्द्रकला शंकर छनौट भएका छन् ।

नगरका विभिन्न विधालबाट सहभाग ि३२ जना विधार्थीहरु मध्ये विजेतालाई नगद र ट्रफीबाट कार्याक्रमका प्रमुख अथिति कार्यबाहक नगर प्रमुख भिप पौडेलले पुरस्कार प्रदान गर्नु भएको छ ।
दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेलीले यस्ता कार्याक्रमले भावी दिनमा सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रम धनकुटे कान्छाले संचालन गर्नु भएको थियो ।
