नेपालमा आज ७२ निकाे, ७८ संक्रमित

१८ फाल्गुन २०७७, काठमाडौं– नेपालमा आज गत २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ५ सय ४३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै थप ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय २७ जनाको गरिएको पीसीआर परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेन । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २ हजार ७ सय ७७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ताप्लेजुङमा भिषण आगलागीः हालसम्म ४० घर भन्दा धेरै जलेर नष्ट
Next post सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेकपाबीचकाे वार्ता सकरात्मक बन्दै