मानव संसाधानको विकासमा जोड दिन्छौंः मुख्य मन्त्री कार्की (फाेटाे फिचर)

२६ मंसिर २०८०/सारासन्देश समाचार
कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले अव भौतिक पूर्वाधारको मात्र नभएर मानव संसाधानको विकासमा जोड दिने बताउनु भएको छ । दमक नगरपालिकाले आज देखि शुरु गरेको लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियानको उद्घाटन कार्याक्रममा बोल्दै अवको विकास आउने बालबालिकाको भविष्यलाई हेरेर शिक्षा र स्वास्थ्यमा जोड दिईने बताउनु भयो ।
मुख्य मन्त्री कार्कीले त्यसका लागि हरेक विधालयमा स्वयम्सेवी अभियान र १० बर्ष मुनिका बालबालिकालाई निशुल्क उपचार गर्ने कार्यमा आफू जुटेको बताउनु भयो । यसका लागि प्रदेश भरीका अस्पतालमा निशुल्क उपचार गर्ने उहाँले दावी गर्नु भयाे ।

पहिचान पक्षधरबाट ढुङ्गा प्रहार


यस्तै उहाँले आफू माथि भएको ढुङ्गा प्रहारको उत्तर दिँदै पहिचान पक्षधरका लागि वार्ताको ढोका खुल्ला राखिएको बताउनु भयो । वार्ताबाट समाधान खोज्ने र शान्तिपुर्वक विरोध गर्ने अधिकार लोकतन्त्रमा भए पनि हिंसा पैदा हुने कुनै पनि गतिविधि गर्न नपाइएने उहाँले बताउनु भयो । आपूmलाई पहिचान पक्षधरले विरोध गर्छन् भन्ने थाहा हुँदा हुँदै पनि समाज सुधारका लागि दमकले कोशी प्रदेशमा पहिलो पटक थालेको लागु औषध विरुद्धको अभियानको कार्याक्रममा आएको बताउनु भयो ।
कार्यक्रममा आउनेक्रममा मुख्य मन्त्रीको गाडीमा पहिचान पक्षधरले गाडीमा ढुङ्गाले हानेका छन् । ढुङ्गाले हिर्काउँदा गाडीको सिसा समेत चर्किएको छ । मुख्य मन्त्रीलाई ढुङ्गा प्रहार गरे पछि उहाँको सुरक्षामा बाक्लो सुरक्षाकर्मीहरु परिचान भएका थिए ।


दमक नगरपालिकाले एक बर्षसम्म लागु औषध नियन्त्रणका लागि अभियान आज देखि शुरु गरिएको कार्याक्रमका सभापति दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो । कार्यक्रममा सामाजिक तथा राजनैतिक अगुवाहरु लगायतले अभियानका लागि ऐक्यवद्धता जनाएका छन् । यता पहिचान पक्षधरले काेशी प्रदेशकाे नाम खारेज गरी नयाँ नाम राख्न माग गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकारकाे ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग
Next post लैंगिक तथा यौनिक अल्पसंख्यकको गुनासोः समाजबाट सँधै उपेक्षा