
१९ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा भएकाे आगलागीमा ४९ वटा घर जलेर खरानी बनेका छन् । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा हिजाे मंगलबार विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट विधुत सर्ट भएर भएको हुन सक्ने अनुमान गरिएकाे छ । आगलागीमा परेर विचल्नीमा परेकाहरूलाइ सहयाेग गर्न स्थानीय तह र अग्नी पीडितले सरकार र सहयाेगीदाताहरूसँग अनुराेध गरेका छन् । आगलागीबाट भएकाे क्षति विवरण संकलन भइरहेकाे छ ।
आगलागी भएकाे लाइभ दृष्य हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
